Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

कोहलपुर । पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
उच्च तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै जेठ २५ गतेदेखि २७ गतेसम्म विद्यालयहरूमा बिदा दिइएको नगरपालिकाले जनाएको छ।
कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख रबिलाल मिजारका अनुसार मौसमको अवस्था तत्काल सुधार हुने सम्भावना नदेखिएको र तापक्रम लगातार बढ्दो क्रममा रहेकाले विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै बिदा दिने निर्णय गरिएको हो।
नगरपालिकाले हालका लागि तीन दिन विद्यालय बन्द रहने जनाएको छ। यद्यपि, मौसममा सुधार नआए परिस्थितिअनुसार बिदा अवधि थप गर्न सकिने पनि जानकारी दिएको छ।
अत्यधिक गर्मीका कारण दिउँसोको समयमा बजार तथा सडकहरू सुनसान देखिन थालेका छन् भने सर्वसाधारण घरभित्रै बस्न बाध्य भएका छन्। स्वास्थ्यकर्मीहरूले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू गर्मीबाट बढी प्रभावित हुन सक्ने भएकाले पर्याप्त पानी पिउने, अनावश्यक रूपमा घाममा ननिस्कने र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
तराई क्षेत्रमा बढ्दो गर्मीले जनजीवन प्रभावित बन्दै गएको छ भने स्थानीय तहहरू नागरिकको स्वास्थ्य सुरक्षाका लागि विभिन्न सतर्कतामूलक कदम चाल्न थालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech