Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुरेन्द्र चौधरीले प्रमुख जिल्ला अधिकारी (सिडिओ), प्रहरी र सरकारी वकिलबीच मिलेमतो भए जो–कसैलाई पनि अपराधी वा निर्दोष बनाउन सकिने अवस्था रहेको बताएका छन्।
दाङको घोराहीमा जारी रास्वपाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सांसद चौधरीले राज्य संयन्त्रको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाए। उनले प्रहरी, सिडिओ कार्यालयको मुद्दा शाखा र सरकारी वकिल कार्यालय एकै ठाउँमा उभिए कुनै पनि व्यक्तिलाई अपराधी बनाउने वा अपराधीलाई निर्दोष सावित गर्ने सम्भावना रहने दाबी गरे।
उनले रास्वपाका सभापति रवि लामिछानेले पनि विगतदेखि नै राज्य संयन्त्रको चरित्र परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएको उल्लेख गरे। राज्य नागरिकमै अन्तर्निहित हुने भएकाले नागरिकको चाहनाअनुसार राज्य सञ्चालन हुनुपर्ने उनको भनाइ थियो।
सांसद चौधरीले वर्तमान राजनीतिक संस्कारमाथि समेत आलोचना गर्दै पुराना दलहरूमा देखिने गुटबन्दी, प्रतिनिधि किनबेच तथा पैसाको प्रभाव आफ्नो पार्टीमा स्वीकार्य नहुने बताए। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा जस्तो प्रतिनिधिलाई प्रभावित पार्ने अभ्यास रास्वपाभित्र दोहोरिन नदिने उनको दाबी थियो।
रास्वपाका केन्द्रीय सदस्यसमेत रहेका चौधरीले कार्यकर्ताहरूलाई निष्ठा, इमान्दारिता र नैतिक बल कायम राख्न आग्रह गर्दै राज्य संरचनामा व्यापक सुधार आवश्यक रहेको धारणा व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech