Surakshya Rastriya Dainik
शुक्रबार, ९ अक्टोबर २०२६
ट्रेण्डिङ

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको चोरीको घटना वास्तवमा योजनाबद्ध रूपमा रचिएको नाटक रहेको खुलासा भएको छ। प्रहरीले पसलका सञ्चालक र कामदार नै घटनामा संलग्न रहेको जनाएको छ।
जेठ १७ गते पसल चोरी भएको भन्दै प्रहरीमा उजुरी दर्ता गरिएको थियो। उजुरीमा पसलको सटरको ताला तोडेर भित्र रहेको सेफ खोली करिब १ करोड ४६ लाख ९४ हजार ७ सय रुपैयाँ बराबरका सुनचाँदीका गरगहना चोरी भएको दाबी गरिएको थियो।
घटनापछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय लुम्बिनी, जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा उक्त चोरीको घटना वास्तविक नभई योजनाबद्ध रूपमा रचिएको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पसलका सञ्चालक ४१ वर्षीय दीपक विक र सोही पसलमा कार्यरत ४७ वर्षीय नवीन विक मिलेर चोरीको नाटक रचेका थिए। अनुसन्धानका क्रममा प्रहरीले दीपक विकको घरबाट ५ तोला ४.१ लाल सुनका गरगहना तथा १४ किलो ३०० ग्राम चाँदीका सिक्का, दाना र ढिक्का बरामद गरेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा बुटवल उपमहानगरपालिका–३ पुल्चोक निवासी दीपक विक र तिलोत्तमा नगरपालिका–२ बनवाटिका निवासी नवीन विकलाई पक्राउ गरिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech