Surakshya Rastriya Dainik
शुक्रबार, ९ अक्टोबर २०२६
ट्रेण्डिङ

काठमाडौं । नेपाल प्रहरीले संगठनभित्र व्यापक जिम्मेवारी हेरफेर गर्दै एकैपटक ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा तथा काज गरेको छ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बुधबार जारी गरेको निर्णयअनुसार जनपद प्रहरी समूहअन्तर्गत कार्यरत ५०९ इन्स्पेक्टरलाई देशभरका विभिन्न प्रहरी इकाइ, इलाका प्रहरी कार्यालय, ट्राफिक कार्यालय, प्रहरी प्रभाग तथा प्रधान कार्यालयअन्तर्गतका विभागहरूमा नयाँ जिम्मेवारीसहित खटाइएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका प्रहरी निरीक्षकहरूले २०८३ साल असार महिनादेखि तलब, भत्ता तथा अन्य सेवा–सुविधा नयाँ दरबन्दीबाट प्राप्त गर्नेछन्।
सरुवा सूचीमा जिल्ला प्रहरी कार्यालय, ट्राफिक व्यवस्थापन, अनुसन्धान तथा प्रशासनिक निकायहरूमा कार्यरत इन्स्पेक्टरहरूको जिम्मेवारी व्यापक रूपमा फेरबदल गरिएको छ। प्रहरी संगठनभित्रको आवश्यकता, कार्यसम्पादन मूल्याङ्कन तथा नियमित प्रशासनिक प्रक्रियाअनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यस सरुवालाई नेपाल प्रहरीभित्र पछिल्लो समयको ठूलो प्रशासनिक फेरबदलका रूपमा हेरिएको छ।

https://www.facebook.com/100067575970682/posts/1316560350606485/?app=fbl

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech