Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–६ मा विद्यालयको सरकारी जग्गा खाली गराउन पुगेका प्रहरीमाथि एक महिलाले खुकुरी प्रहार गरेकी छन्।
बिहीबार ईश्वरी माध्यमिक विद्यालयको सरकारी जग्गा खाली गराउन प्रहरी टोली खटिएको समयमा स्थानीय एक महिलाले प्रहरी हवल्दारमाथि धारिलो खुकुरी प्रहार गरेकी हुन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनालगत्तै खुकुरी प्रहार गरिरहेकै अवस्थामा ती महिलालाई नियन्त्रणमा लिइएको छ। घटनामा घाइते भएका प्रहरी हवल्दारको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीले खुकुरी प्रहार गर्ने महिला र घाइते प्रहरी हवल्दारको नाम सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech