Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ क्षेत्रबाट टोले गुण्डागर्दी सम्बन्धी कसुरमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ स्थायी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–५ मा बस्दै आएका ३७ वर्षीय श्याम लामा भनिने श्यामबहादुर तामाङ रहेका छन्।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो करिब १२ बजे उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा तामाङ यसअघि पनि विभिन्न आपराधिक घटनामा पक्राउ परिसकेको खुलेको छ। विवरणअनुसार उनी २०७० साउन ३० गते प्रहरी परिसर भक्तपुरबाट अपहरण तथा शरीर बन्धक मुद्दामा पक्राउ परेका थिए। त्यसैगरी २०७५ फागुन १९ गते इलाका प्रहरी कार्यालय मेलम्चीबाट अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए।
यस्तै, २०७९ फागुन ८ गते र २०८० साउन १७ गते पनि प्रहरी वृत्त बौद्धबाट अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनी पक्राउ परेको प्रहरीको भनाइ छ।
हाल तामाङविरुद्ध थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech