Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै प्रहरी कर्मचारीहरूले बोली, व्यवहार र कार्यशैलीमा सुधार गरी उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्ने बताएका छन्।
शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा हालै सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी निरीक्षकहरूलाई निर्देशन सम्बोधन गर्दै आईजीपी कार्कीले उपलब्धिपूर्ण तथा उत्कृष्ट कार्य सफलताको शुभकामना व्यक्त गरेका हुन्।
उनले आफ्नो कार्यक्षेत्रमा देखिन सक्ने सुरक्षा चुनौतीहरूको विश्लेषण गरी सोहीअनुसार सुरक्षा योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। साथै नेपालको संविधान, ऐन तथा कानुनले तोकेको जिम्मेवारी पूर्ण निष्ठाका साथ निर्वाह गर्न निर्देशन दिए।
आईजीपी कार्कीले सूचना संकलनलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै समाजमा शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न जनशक्तिको प्रभावकारी व्यवस्थापन तथा परिचालन आवश्यक रहेको बताए।
उनले व्यक्तिगत स्वार्थभन्दा संगठनको हितलाई केन्द्रमा राखेर नेपाल प्रहरीको नीति तथा निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरे। यसबाट संगठनको साख र विश्वास थप मजबुत हुने उनको भनाइ थियो।
प्रहरी कर्मचारीहरूले पारदर्शी, कानुनसम्मत र विभेदरहित ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्दै नागरिकको अपेक्षाअनुरूप सेवा प्रवाहमा प्रतिबद्ध हुनुपर्नेमा पनि उनले जोड दिए।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख अतिरिक्त महानिरीक्षक राजन अधिकारी, कार्य विभागका प्रहरी नायव महानिरीक्षक अरूण पौडेल तथा अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले समेत सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा तथा समसामयिक विषयमा निर्देशन दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech