Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१० निवासी २१ वर्षीय साकिर बक्स रहेका छन्। उनी चोरीसम्बन्धी मुद्दामा गत जेठ २७ गते पक्राउ परेर प्रहरी हिरासतमा रहेका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराका अनुसार शनिबार बिहान हिरासतमा रहेका बक्सको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो। त्यसपछि उनलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो।

प्रहरीका अनुसार बिहान करिब ५ः३० बजे अस्पताल पुर्‍याइएका बक्सलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

हालसम्म उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदनपछि खुल्ने प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech