Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी संस्थामा जागिर खाएको आरोपमा एक कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यरत कार्यालय सहयोगी रामकुमार बोहराविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।
अख्तियारका अनुसार बोहराले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा कार्यालय सहयोगी पदमा नियुक्ति लिएका थिए। उनले उक्त आधारमा तलब, भत्ता तथा अन्य सेवा–सुविधासमेत प्राप्त गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा बोहराले २०६९ मंसिर १ गतेदेखि लागू हुने गरी राजपत्रअनङ्कित तृतीय श्रेणीअन्तर्गत कार्यालय सहयोगी पदमा स्थायी नियुक्ति प्राप्त गर्न माध्यमिक शिक्षा परीक्षा (एसईई/कक्षा १०) को अंकपत्र, स्थानान्तरण प्रमाणपत्र लगायतका शैक्षिक कागजात तथा सम्बन्धित विवरण नक्कली रूपमा पेश गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।
आयोगले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ उपदफा (१) बमोजिमको कसुर ठहर गर्दै सोही ऐनअनुसार कैद तथा जरिवानाको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।
अख्तियारले सार्वजनिक निकायमा नियुक्ति प्राप्त गर्न नक्कली प्रमाणपत्र प्रयोग गर्ने कार्य कानुनविपरीत रहेको उल्लेख गर्दै यस्ता गतिविधिविरुद्ध अनुसन्धान र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech