Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

काठमाडौं । आफूलाई प्रहरी परिचय दिँदै सर्वसाधारणलाई धम्क्याएको आरोपमा काठमाडौं महानगरपालिका–३ निवासी ४७ वर्षीय शैलेश डंगोल पक्राउ परेका छन्।

प्रहरीका अनुसार वडा नम्बर–३२ स्थित फुटबल ग्राउण्ड क्षेत्रमा डंगोलले वाकिटकी सेट देखाउँदै ‘म प्रहरी हुँ’ भन्दै स्थानीयलाई धम्क्याएको सूचना प्राप्त भएपछि प्रहरी प्रभाग पेप्सीकोलाबाट खटिएको टोलीले उनलाई काँडाघारीस्थित निवासबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका डंगोलको प्रदेश ३–०१–०२३ च २५३० नम्बरको सवारी साधनबाट एक थान वाकिटकी सेट, सवारी साधनको ब्लुबुक तथा सूचना तथा प्रसारण विभागबाट जारी गरिएको तर नवीकरण नगरिएको प्रभाव दैनिक सञ्चार संस्थाको पत्रकार परिचयपत्र बरामद गरिएको प्रहरीले जनाएको छ।

हाल उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति प्राप्त भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech