Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

नेपालगञ्ज ।सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न आवश्यक पर्ने मेडिकल फिटनेस प्रमाणपत्र अनियमित रूपमा वितरण गरेको आरोपमा एक चिकित्सकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा आवश्यक पर्ने मेडिकल चेकजाँच नगरी चिकित्सकको हस्ताक्षर भएको प्रमाणपत्र वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले निगरानी तथा अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा चिकित्सकले प्रमाणपत्रमा हस्ताक्षर गरेर छाड्ने र अन्य कर्मचारीले सेवाग्राहीको नाम, थर तथा ठेगाना उल्लेख गरी प्रतिव्यक्ति दुई सय रुपैयाँ लिएर प्रमाणपत्र वितरण गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।
यस प्रकारको कार्यमा संलग्न रहेको आरोपमा हस्ताक्षर तथा छाप प्रयोग गर्ने चिकित्सकसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरद्वारा जारी प्रेस विज्ञप्तिमा पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech