Surakshya Rastriya Dainik
आइतबार, २० सेप्टेम्बर २०२६
ट्रेण्डिङ

जाजरकोट। प्रहरी बनाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा जाजरकोटका एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार छेडागाड नगरपालिका–१२ निवासी ३० वर्षीय धर्मराज चनाराले आफूलाई प्रहरीमा जागिर लगाइदिने भन्दै एक महिलाबाट पटक–पटक गरी ३ लाख ५० हजार रुपैयाँ लिएको आरोप लागेको छ।
सविता पुनले चनाराविरुद्ध ठगी गरेको भन्दै जाहेरी दिएपछि जिल्ला अदालत जाजरकोटबाट पक्राउ अनुमति लिई प्रहरीले खोजतलास सुरु गरेको थियो। सोही क्रममा असार २ गते बिहान ११ बजे छेडागाड नगरपालिका–१२ स्थित फेलापारी क्षेत्रबाट चनारालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चनारालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech