Surakshya Rastriya Dainik
सोमबार, २१ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

कोहलपुर । कोहलपुर क्षेत्रमा खानेपानी आपूर्तिको समस्या झन् गम्भीर बन्दै गएको भन्दै स्थानीयवासीले विराट खानेपानी संस्थाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। नियमित शुल्क तिर्दा पनि पर्याप्त पानी नपाएको गुनासो गर्दै उपभोक्ताहरूले संस्थाले सेवा भन्दा सास्ती बढी दिएको आरोप लगाएका छन्।

स्थानीयका अनुसार दिनमा ( बिहान–साँझ) करिब एक घण्टामात्रै पानी वितरण हुने गरेको छ, जसले दैनिक आवश्यकता समेत पूरा गर्न नसक्ने अवस्था सिर्जना गरेको छ। पछिल्लो समय महिनामा तीन–चार पटकसम्म पानी आपूर्ति अवरुद्ध हुने गरेको पनि स्थानीयले बताए ।

२०८३ असार ३ गते बिहान-साझ र असार ४ गते बिहान-साझ गरेर मात्रै चार पटकसम्म पानी नआएको उपभोक्ताहरूको गुनासो छ। बिराट खानेपानी को लापरबाही का कारण पानी न हुदा खाना नै पकाउन न सकिने अबस्था भैसकेको पनि स्थानीयको आरोप छ।

बिना पूर्वसूचना पानी बन्द गर्ने, समस्या समाधानबारे जानकारी नदिने र सेवामा सुधार नदेखिएको आरोपसमेत संस्थामाथि लागेको छ।

पर्याप्त पानी नपाएपछि आर्थिक रूपमा सक्षम परिवारहरूले निजी समरसेबल (बोरिङ) जडान गरेर आवश्यकता पूरा गरिरहेका छन्। तर समरसेबल जडान गर्न नसक्ने मध्यम तथा निम्न आय भएका परिवारहरू भने सबैभन्दा बढी समस्यामा परेका छन्।

स्थानीयका अनुसार यस्ता समरसेबलहरू नगरपालिकाको नियमविपरीत भए पनि सम्बन्धित निकायले प्रभावकारी अनुगमन गरेको देखिँदैन।

यता, कोहलपुर खानेपानी संस्थाको पाइपलाइन विस्तार हुन नसक्नुमा पनि विभिन्न प्रश्न उठ्न थालेका छन्। केही स्थानीयको दाबीअनुसार विराट खानेपानीको सेवा क्षेत्र भएकै कारण वैकल्पिक खानेपानी सेवा विस्तार हुन नसकेको हो। यद्यपि यसबारे सम्बन्धित निकायको आधिकारिक धारणा सार्वजनिक भएको छैन र मौन छ ।

“खानेपानीजस्तो आधारभूत सेवामा पटक–पटक समस्या आउँदा नागरिक प्रत्यक्ष मारमा परेका छन्। नियमित शुल्क तिरेर पनि पर्याप्त पानी नपाउनु दुःखद हो,” एक स्थानीयले भने।

स्थानीयवासीले खानेपानी आपूर्ति नियमित, भरपर्दो र पारदर्शी बनाउन तथा समस्या समाधानमा तत्काल कदम चाल्न विराट खानेपानी संस्था, कोहलपुर नगरपालिका र सम्बन्धित निकायको ध्यानाकर्षण हुनु पर्ने माग गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech