Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

बर्दिया । बर्दिया प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा भित्र्याइएका करिब २२ लाख ६७ हजार रुपैयाँ बराबरका मोबाइल फोन बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार असार ८ गते राति इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका–२ स्थित फुताहा चोक नजिक सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा उक्त मोबाइलहरू बरामद गरेको हो।
प्रहरीका अनुसार गस्तीका क्रममा केही व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि उनीहरूलाई पछ्याइएको थियो। प्रहरी टोली नजिकिँदै गएको थाहा पाएपछि ती व्यक्तिहरूले साइकलमा बोकेर ल्याइएका ६ वटा बोरा छाडेर फरार भएका थिए।
त्यसपछि प्रहरीले बोराहरू जाँच गर्दा ५४० थान LAVA A3 Torch र ३३२ थान LAVA A7 Torch गरी कुल ८७२ थान मोबाइल फोन फेला परेको जनाएको छ।
बरामद गरिएका मोबाइल फोनहरूको अनुमानित बजार मूल्य २२ लाख ६७ हजार २८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय, गुलरिया पठाइएको छ।
घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech