काठमाडौं । नेपाल प्रहरीले सञ्चारतर्फ कार्यरत २८२ जना प्राविधिक प्रहरी जवानको सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको निर्णयअनुसार संगठनको आवश्यकता र कार्यसम्पादनलाई मध्यनजर गर्दै उनीहरूको सरुवा गरिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका प्रहरी जवानहरूले साउन महिनादेखिको तलब, राशन तथा अन्य भत्ता सरुवा भएको नयाँ दरबन्दीबाट नै बुझ्ने व्यवस्था गरिएको छ।
प्रहरीले सरुवा भएका कर्मचारीलाई तोकिएको कार्यालयमा समयमै हाजिर भई जिम्मेवारी सम्हाल्न निर्देशन दिएको जनाएको छ।https://www.facebook.com/100067575970682/posts/1328809932714860/?app=fbl







