Surakshya Rastriya Dainik
शनिबार, १२ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । दर्ता प्रक्रिया पूरा नगरी विद्यार्थीलाई विदेश पठाउने तथा शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने कन्सल्टेन्सीहरूविरुद्ध कानुनी कारबाही सुरु गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्णयपछि प्रहरीले सम्बन्धित कन्सल्टेन्सीमाथि अनुसन्धान तीव्र बनाएको हो।
यसअघि जेठ १ गते विदेश अध्ययनका नाममा ठगी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाभित्र रहेका १९५ वटा कन्सल्टेन्सीमा छापा मारेको थियो। उक्त अभियानमा ६८ जना कन्सल्टेन्सी सञ्चालक तथा व्यवस्थापक पक्राउ परेका थिए।
प्रहरीका अनुसार तीमध्ये दर्ता प्रक्रियामा रहेका १५ वटा कन्सल्टेन्सीलाई हाजिर जमानीमा छाडेर आवश्यक निर्णयका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पत्राचार गरिएको थियो।
मन्त्रीस्तरीय निर्णयअनुसार दर्ता प्रक्रिया पूरा नगरी सेवा सञ्चालन गरेका कम्पनीहरूलाई कारबाही गर्ने निर्णय भएपछि ती १५ वटा कन्सल्टेन्सीसँग सम्बन्धित सञ्चालक र व्यवस्थापकसहित १८ जनालाई बुधबार पुनः पक्राउ गरिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेकाहरूलाई शिक्षा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान तथा मुद्दा प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
प्रहरीले दर्ता प्रक्रियामा रहेका अन्य कन्सल्टेन्सीहरूको गतिविधिबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech