Surakshya Rastriya Dainik
शुक्रबार, ९ अक्टोबर २०२६
ट्रेण्डिङ

मुगु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुले आफ्ना प्रदेश उद्योग तथा वाणिज्य विभाग सदस्य तथा स्थानीय व्यवसायी शैलेन्द्र शाहीमाथि जिल्ला प्रहरी कार्यालय मुगुले गैरकानुनी पक्राउ र हिरासतभित्र कुटपिट गरेको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।
शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार शाहीलाई असार ९ गते साँझ करिब ७ बजे कुनै पक्राउ पुर्जीबिना प्रहरीले नियन्त्रणमा लिएको र असार १० गते साँझ ६ बजे मात्र रिहा गरिएको जनाइएको छ। रिहाइपछि उनको शरीरमा गम्भीर चोटपटक देखिएको तथा हाल जिल्ला अस्पताल ठिनीमा उपचार भइरहेको रास्वपाले जनाएको छ।
विज्ञप्तिअनुसार पीडित शाहीले जिल्ला प्रहरी प्रमुख (डीएसपी) को निर्देशनमा हिरासतभित्र आफूलाई निर्घात कुटपिट गरिएको आरोप लगाएका छन्। रास्वपाले उक्त घटनालाई विधिको शासन र मानव अधिकारको गम्भीर उल्लंघन भएको दाबी गरेको छ।
रास्वपा मुगुले घटनाको निष्पक्ष छानबिन, दोषी देखिएका जिल्ला प्रहरी प्रमुख (डीएसपी) सहित संलग्न प्रहरी कर्मचारीमाथि कानुनी कारबाही, पीडितको उपचार खर्च र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
साथै, घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिलाउन मानव अधिकारकर्मी, सञ्चारमाध्यम, उद्योगी–व्यवसायी तथा नागरिक समाजसँग सहयोग र ऐक्यबद्धताको अपिल पनि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech