Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

कैलाली । कैलालीको अत्तरियास्थित एक होटलबाट प्रहरीले २ किलो २०५ ग्राम चरेस बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।
आइतबार दिउँसो गोदावरी नगरपालिका–१ स्थित अत्तरिया–धनगढी सडकखण्डमा रहेको ममता सेकुवा सेन्टर मा लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले छापा मार्दा उक्त परिमाणको चरेस बरामद भएको हो।
पक्राउ पर्नेमा होटल सञ्चालक शंकरकुमार शाही र मीनराज भट्ट रहेका छन्। शाही भागेश्वरी गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् भने हाल गोदावरी नगरपालिका–१ मा बसोबास गर्दै आएका थिए। त्यस्तै, ५२ वर्षीय भट्ट कृष्णपुर नगरपालिका–४ का स्थायी बासिन्दा भई हाल धनगढी उपमहानगरपालिका–१ मा बस्दै आएका थिए।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हीरा सिंह महराका अनुसार गोप्य सूचनाका आधारमा गरिएको छापामार कारबाहीका क्रममा होटलको पछाडिपट्टि जस्तापाताले छाएको ट्रसभित्र लुकाइराखिएको अवस्थामा चरेसजस्तो देखिने कालो पदार्थ फेला परेको थियो।
प्रहरीले परीक्षणका क्रममा बरामद गरिएको पदार्थको तौल २ किलो २०५ ग्राम रहेको जनाएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech