Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

सिरहा । सिरहाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा अवैध सामान ओसारपसार बढ्दै गएको छ। पछिल्लो समय तस्करीका लागि नरगी क्षेत्र नयाँ चल्तीको नाका बनेको स्थानीय स्रोतले जनाएको छ।

स्रोतका अनुसार भारततर्फको पिपराही बजारबाट ल्याइने लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री नरगी क्षेत्रमा भण्डारण गरिन्छ। त्यसपछि ती सामान मोटरसाइकलको पछाडि बाँधेर सिरहाका विभिन्न व्यापारीका गोदामसम्म पुर्‍याइने गरिएको बताइन्छ।

तस्करी गरेर भित्र्याइएका सामानहरू सुरुमा माडर बजारमा जम्मा गरिने र त्यसपछि पटेर्वा लगायतका विभिन्न बाटो प्रयोग गरी जिल्लाका अन्य बजारमा फैलाइने गरिएको स्रोतको दाबी छ।

सीमावर्ती क्षेत्रबाट व्यापारीका गोदामसम्म सामान पुर्‍याउन तस्करीमा संलग्न समूहले न्यूनतम चारदेखि अधिकतम सातवटा सुरक्षा पोस्ट पार गर्ने गरेको स्रोतको भनाइ छ। यसले सीमामा हुने सुरक्षा निगरानीको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ।

यद्यपि, यस विषयमा सम्बन्धित सुरक्षा निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech