Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

काठमाडौं। आवश्यक कागजपत्रबिना कवाडी सामान बोकेर उपत्यकाबाट बाहिर जान लागेको १० वटा ट्रकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार मंगलबार साँझ ललितपुरको सानेपाबाट ती ट्रक नियन्त्रणमा लिइएको हो। आवश्यक कागजातबिना ठूलो मात्रामा कवाडी सामान ढुवानी भइरहेको सूचनाका आधारमा रिङरोड क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्टको टोलीले ट्रक नियन्त्रणमा लिएको उनले बताए।

नियन्त्रणमा परेका ट्रकहरूमा प्र २–०३–००१ ख ४७३८, लु २ ख ५१०५, प्र २–०३–००१ ख ५६१९, ना ५ ख ६६७१, ना ८ ख ६२५३, ना ७ ख ९९८, ना ६ ख ९४९७, ग २ ख ५३९, ना ६ ख ५६१ र बा.प्र. ०३–००१ ख २०५० नम्बर रहेका छन्।

सशस्त्र प्रहरीले ती ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाएको जनाएको छ।

यसअघि मंगलबार बिहान पनि आवश्यक बिलबिजक नभएका चार वटा कवाडी बोकेका ट्रकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो। ती ट्रकका कागजातसमेत नपाइएपछि अनुसन्धानका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

यसैबीच, नियन्त्रणमा परेका ट्रकहरू राजमार्गमा कवाडी ढुवानीसँग सम्बन्धित कर असुलीमा संलग्न रहेको आशंका गरिएका एक समूहसँग सम्बन्धित हुन सक्ने चर्चा भए पनि यसबारे सम्बन्धित निकायले औपचारिक पुष्टि गरेको छैन। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech