Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

नेपालगन्ज । बाँके प्रहरीले स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१६ मा सवारी जाँचका क्रममा भारत उत्तर प्रदेश, बहराइच जिल्ला, थाना रुपैडिहा निवासी ३१ वर्षीय योगेशकुमार जयसवाल पक्राउ परेका हुन्।
प्रहरीले उनले चलाएको भारतीय नम्बर प्लेटको युपी ४० एएस ५०४१ नम्बरको मोटरसाइकल जाँच गर्दा स्रोत नखुलेको नेपाली ३२ हजार रुपैयाँ र नेपालमा प्रतिबन्धित भारतीय १ लाख ५० हजार रुपैयाँ बरामद गरेको जनाएको छ। बरामद रकमको नेपाली मूल्य करिब २ लाख ७२ हजार रुपैयाँ रहेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी प्रतितसिंह राठौरका अनुसार पक्राउ परेका जयसवाललाई अवैध मुद्रा ओसारपसार सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech