ट्रेण्डिङ

 

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको डिजिटल फरेन्सिक प्रयोगशालाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अत्याधुनिक डिजिटल फरेन्सिक सफ्टवेयर, हार्डवेयर तथा अन्य प्राविधिक उपकरण हस्तान्तरण गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा उपकरण हस्तान्तरण गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले अमेरिकी दूतावासले नेपाल प्रहरीको डिजिटल फरेन्सिक प्रयोगशालाको सुदृढीकरणका लागि आधुनिक उपकरण, विशेष सफ्टवेयर तथा प्राविधिक सहयोग निरन्तर उपलब्ध गराउँदै आएको बताए। उनले यस प्रकारको सहयोग नेपाल–अमेरिका सम्बन्धमा रहेको विश्वास, मित्रता र साझा प्रतिबद्धताको उदाहरण भएको उल्लेख गरे।

उनका अनुसार हस्तान्तरण गरिएका उपकरणले डिजिटल प्रमाण संकलन, संरक्षण तथा विश्लेषणलाई अझ प्रभावकारी बनाउनेछ। साथै, साइबर तथा प्रविधिसम्बन्धी अपराध अनुसन्धानमा सहजता आउने र आपतकालीन अवस्थामा आवश्यक डिजिटल प्रमाण छिटो संकलन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले पनि उपलब्ध गराइएका उपकरणले नेपाल प्रहरीको डिजिटल फरेन्सिक प्रयोगशालाको क्षमता विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले आधुनिक प्रविधिको प्रयोगले अपराध अनुसन्धान र प्रमाण संकलन प्रक्रियालाई थप प्रभावकारी र विश्वसनीय बनाउने उल्लेख गरे।

उक्त कार्यक्रममा नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरू तथा अमेरिकी दूतावासका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech