Friday, October 23, 2026

ताजा अपडेट

काठमाडौं। गृह मन्त्रालयले देशभर बजार अनुगमन प्रभावकारी बनाउन तथा नागरिकको स्वास्थ्य सुरक्षामा थप ध्यान दिन सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई विशेष निर्देशन जारी गरेको छ।

देशका विभिन्न स्थानमा सञ्चालित होटेल तथा रेस्टुरेन्टमा खाद्यान्नको गुणस्तर र स्वच्छता कमजोर रहेको गुनासो बढ्दै गएपछि मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाउन निर्देशन दिएको हो।

मन्त्रालयले जारी गरेको निर्देशनमा होटेल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर तथा खाद्य स्वच्छतासम्बन्धी नियमित, सघन र आकस्मिक अनुगमन गर्न, अनुगमनलाई औपचारिक प्रक्रियामा मात्र सीमित नराखी परिणाममुखी बनाउन तथा नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने वा प्रचलित कानुन उल्लङ्घन गर्ने व्यक्ति वा संस्थामाथि कानुनबमोजिम हदैसम्मको कडा कारबाही गर्न भनिएको छ।

मन्त्रालयले जिल्लाको कार्यसम्पादन प्रत्यक्ष रूपमा अनुगमन गरिने उल्लेख गर्दै बजार व्यवस्थापनमा कुनै पनि प्रकारको लापरवाही वा उदासीनता स्वीकार्य नहुने स्पष्ट गरेको छ।

मन्त्रालयका शाखा अधिकृत सङ्गम सापकोटाद्वारा हस्ताक्षरित निर्देशन पत्रमा स्थानीय प्रशासनले बजारमा विधिको शासन कायम गर्दै पूर्ण व्यावसायिकताका साथ जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

यसअघि केही दिनअघि गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटेलमा अम्लेट खाँदा माछाको काँडा भेटिएको घटनापछि सम्बन्धित होटेललाई तत्काल जरिवाना गर्न निर्देशन दिएका थिए। त्यसयता खाद्य गुणस्तर र बजार अनुगमनको विषय थप चर्चामा आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...