Surakshya Rastriya Dainik
आइतबार, २६ जुलाई २०२६
ट्रेण्डिङ

२३ बैशाख २०८३ कोहलपुर ;- बाँके जिल्ला ब्यापारी केन्द्रको रुपमा परिचीत शहर कोहलपुरका स्थानीय बासिन्दा एवम् कोहलपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा क्षेत्रका जानमान्ने व्यापारी लक्ष्मण राज पौडेल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। हालै सम्पन्न महासंघको निर्वाचनमा उहाँको सफलता स्थानीय व्यापारी तथा उद्योगीहरूका लागि ठूलो उपलब्धि बनेको छ।

पौडेललाई कोहलपुर क्षेत्रका धेरै व्यापारीले ‘आशा र भरोसाको पात्र’ का रूपमा लिने गर्छन्। निवर्तमान अध्यक्षका रूपमा उहाँले संघलाई व्यवस्थित, क्रियाशील र सेवामुखी बनाउने क्रममा पुर्याउनुभएको योगदानलाई अहिले पनि व्यापारी समुदायले सम्झन्छन्। उहाँको नेतृत्वमा संघले स्थानीय उद्योगीका समस्या समाधान, सरोकारवालासँग समन्वय र व्यावसायिक सुशासनमा देखाएको प्रतिबद्धता उदाहरणीय मानिन्छ।

हालै केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पौडेलले थप जिम्मेवारीका साथ काम गर्ने प्रतिवद्धता जनाउँदै भन्नुभयो, “कोहलपुर र समग्र नेपालका व्यापारीको आवाज राष्ट्रिय तहमा प्रभावकारी रूपमा राख्ने मेरो लक्ष्य हो। हरेका प्रतिनिधिले जस्तो सम्मान र विश्वास मलाई दिएको छु, त्यसलाई व्यवहारमा उतार्न सक्दा मात्र सार्थकता हुन्छ।”

उहाँको चुनावले कोहलपुर क्षेत्रका उद्योगी व्यापारीमा निकै उत्साह थपेको छ। स्थानीय व्यवसायीहरूका अनुसार अब व्यापारिक समस्या महासङ्घको तहमा पुर्याउन र समाधानको बाटो फेला पार्न अझ सहज हुने विश्वास लिइएको छ। पौडेलको यो उपलब्धि कोहलपुरको व्यापारिक नेतृत्वलाई राष्ट्रिय मानचित्रमा स्थापित गर्न कोशेढुङ्गा सावित हुने चर्चा पनि स्थानीय व्यापारिक वृत्तमा छ।

यस निर्वाचनले संघको गतिशीलता र व्यापारिक सुशासन मार्फत व्यापारीलाई सशक्त बनाउने पौडेलको हालको भूमिका झन् मजबुत भएको संकेत गरेको छ। केन्द्रीय सदस्य पौडेलले आगामी दिनमा व्यापारिक नीति सुधार, पुँजीगत सहजता र प्रदेश तथा स्थानीय तहबीच समन्वय गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech