Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

जनकपुरधाम — तस्करीमा संलग्न व्यक्तिसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि सर्लाहीको हिरापुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक (सई) बैधनाथ दास निलम्बनमा परेका छन्।

सई दासले घुमुवा प्रहरी जवान सन्तोष यादवमार्फत् तस्करसँग १८ हजार रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि विवाद चुलिएको हो। अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय, सर्लाहीले उनीविरुद्ध अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ।

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईका अनुसार, दासलाई निलम्बन गर्न मधेश प्रदेश प्रहरी कार्यालयमार्फत् प्रहरी प्रधान कार्यालयमा पत्राचार गरिएको छ। स्रोतका अनुसार दासलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ र उनीमाथि थप अनुसन्धान भइरहेको छ।

डिएसपी राईले दासको स्थानमा नयाँ सई पठाउने प्रक्रिया पनि अघि बढाइएको जानकारी दिएका छन्।

उक्त घटनासँगै, सई दासको पुरानो विवाद पनि सतहमा आएको छ। यसअघि पर्सा जिल्लामा कार्यरत रहँदा उनले घुमुवा हुँदा तस्करसँग सेटिङ गर्ने गरेको आरोप लागेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech