Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

 

धनगढी — कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेबाट अवैध भरुवा बन्दुकसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २६ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय चन्द्र चौधरी रहेका छन्। उनीहरूलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गतको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी बिट स्याउलेबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार, दुवै जनाको घरमा गरिएको खानतलासीका क्रममा लुकाइराखिएको दुई थान अवैध भरुवा बन्दुक बरामद गरिएको हो।

प्रहरीले पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech