कोहलपुर (बाँके) — कोहलपुरका युवा उद्यमी शालिक राम अधिकारीले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान प्राप्त गर्नुभएको छ। वेस्टर्न हस्पिटालिटी नेपालका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) अधिकारीले भारत स्टार वर्ल्ड रेकर्ड्स र भारत स्टार मास्टर शेफ अवार्ड 2025 को संयुक्त आयोजनामा आयोजना भएको अनलाइन अवार्ड कार्यक्रममा विशेष सम्मान प्राप्त गर्नुभएको हो।


कोहलपुरमै जन्मिएका अधिकारीले आतिथ्य व्यवसायलाई नयाँ उचाइमा पुर्याउँदै आएका छन्। पाककला क्षेत्रमा देखाएको उत्कृष्टता र समुदाय विकासमा पुर्याएको उल्लेखनीय योगदानका लागि उहाँलाई यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
उहाँले आतिथ्य सेवाको स्तरलाई उकास्नुका साथै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै स्थानीय समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्नुभएको छ। उहाँको दृष्टि, समर्पण र सिर्जनात्मकताले कोहलपुर मात्र नभई सम्पूर्ण नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको छ।
यो सम्मान अधिकारीको निरन्तर मेहनत र योगदानको उचित कदरका रूपमा रहेको भन्दै स्थानिय समाजदेखि अन्तर्राष्ट्रिय स्तरसम्म शुभकामना र बधाईको ओइरो लागेको छ।





