ट्रेण्डिङ

ताजा अपडेट

 

काठमाडौं – राजधानीका विभिन्न स्थानमा मानिस पिट्दै हिंड्ने टोले गुण्डा ‘रेश लामा’ पक्राउ परेका छन्।

आइतबार राति प्रहरीले सिनामंगल क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो। भदौ ४ गते बत्तीसपुतलीस्थित बाजेको सेकुवा रेष्टुरेन्टमा एकराज कार्कीमाथि हातपात गरेको घटनापछि उनी फरार रहेका थिए।

प्रहरी अनुसन्धानबाट खुलेको अनुसार, दोलखाको बैत्येश्वर गाउँपालिका–३ स्थायी ठेगाना भएका उनको वास्तविक नाम गोपाल मोक्तान हो। उनले रकम असुली गर्ने उद्देश्यले पटक–पटक विभिन्न व्यक्तिलाई हातपात गर्दै आएका थिए।

स्थानीयवासीबाट उजुरी परे पनि घटना पश्चात भाग्ने गरेका उनलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार, सोमबार उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरिने तयारी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech