ट्रेण्डिङ

ताजा अपडेट

 

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा बम राखिएको भन्दै प्रहरी कन्ट्रोल रुममा फोन गरी आतंक सिर्जना गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महोत्तरी गाउँपालिका–२ स्थायी घर भई हाल कीर्तिपुर–१० बस्ने ३५ वर्षीय जयरुद्र झा पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार उनले भदौ १३ गते आकस्मिक नम्बर १०० मा फोन गरी काठमाडौंका विभिन्न शैक्षिक संस्थामा बम राखिएको र सो बम दिउँसो ४ बजेसम्म पड्किने झूटो सूचना दिएका थिए। तर प्रहरी अनुसन्धानमा ती स्थानहरूमा कुनै पनि विस्फोटक पदार्थ फेला परेन।

झाले कुलेश्वरस्थित जनमैत्री माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको जनप्रशासन संकायअन्तर्गत स्नातकोत्तर तहको परीक्षास्थलमा बम राखिएको बताएका थिए। अनुसन्धानपछि उनले आफैं त्यही परीक्षा दिने विद्यार्थी भएको र पर्याप्त तयारी नगरेकाले परीक्षा सार्न कन्ट्रोललाई फोन गरेको स्वीकारेका छन्।

प्रहरीका अनुसार उनी सेरामिक्स टायल्स कम्पनीमा बैंक प्रतिनिधिका रुपमा कार्यरत छन्। झूटो सूचना दिँदा कानुनअनुसार कारबाही हुने भएकाले प्रहरीले यसलाई गम्भीर रुपमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech