Surakshya Rastriya Dainik
आइतबार, २६ जुलाई २०२६
ट्रेण्डिङ

 

काेहलपुर नगरपालिका–२ अन्तर्गत पर्ने १३ बिगाहा खेलमैदानमा फुटबल प्याराफिट (रंगशाला) निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ।

उक्त कार्यक्रममा काेहलपुर नगरपालिकाकी उप–प्रमुख संगिता पौडेल सुवेदी र वडा नं. २ का अध्यक्ष हरी कठायत प्रमुख आतिथ्यका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलकुदप्रेमी, सामाजिक अभियन्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

रंगशाला निर्माणसँगै कोहलपुर क्षेत्रको खेलकुद पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, खेलाडीहरूलाई प्रशिक्षण, प्रतियोगिता तथा विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्न सहज हुने आयोजकहरूको भनाइ रहेको छ।

कार्यक्रममा सहभागीहरूले खेलकुदमैत्री वातावरण बनाउन सबैको सहकार्य र सहभागिता आवश्यक रहेको धारणा राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech