काभ्रे, २६ भदौ ।
काभ्रेपलान्चोकको बनेपा–९ स्थित नयाँ बस्ती क्षेत्रमा फेला परेका सकेट बमलाई नेपाली सेनाले सुरक्षितरूपमा डिस्पोज गरेको छ।


सेनाले बिहीबार साँझ सार्वजनिक गरेको सुरक्षा अपडेटअनुसार आठवटा सकेट बम भेटिएको र त्यसलाई जोखिममुक्त तरिकाले नष्ट गरिएको जनाएको हो।
“काभ्रेपलान्चोकको बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेका आठवटा सकेट बमलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ,” सेनाले जारी गरेको सूचनामा भनिएको छ।
यसैबीच, सेनाले हालसम्म विभिन्न स्थानबाट ९७ नाल हतियार बरामद भएको जानकारी समेत दिएको छ।





