ट्रेण्डिङ

ताजा अपडेट

 

कोहलपुर, बाँके । बाँके प्रहरीले स्रोत नखुलेको ७ लाख ६६ हजार रुपैयाँसहित तीन युवालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका–२ बाट नियन्त्रणमा लिइएका ती युवामा कोहलपुर–५ का १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोका २६ वर्षीय ऋषिकेश मिश्राको नाम खुलाइएको छ।

प्रहरीले बा.८७ प ९०२० नम्बरको स्कुटरमा सवार अवस्थामा उनीहरूलाई रोकेर चेकजाँच गर्दा नगद बरामद भएको जनाएको छ। हाल उक्त रकम कहाँबाट आएको र कसरी ल्याइएको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही दिनअघि जेनेरेसन जेडको आन्दोलनका क्रममा कोहलपुर र नेपालगञ्जस्थित राजश्व, मालपोत तथा अदालतका कार्यालयहरूबाट नगद र सुन लुटिएको थियो। सोही सन्दर्भलाई जोड्दै प्रहरी प्रशासनले लुटिएका सामान फिर्ता गर्न आग्रह गर्दै फिर्ता नगरे कानूनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

तीन युवाबाट बरामद भएको रकम आन्दोलनकै क्रममा लुटिएको हो वा अन्यत्रबाट ल्याइएको हो भन्नेबारे अहिलेसम्म प्रस्ट खुल्न सकेको छैन। यसअघि कोहलपुरस्थित राजश्व कार्यालयबाट लुटिएको बाकस खोलेर पैसा बाँडिरहेको भिडियोसमेत सार्वजनिक भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech