कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ निवासी नेपाल प्रहरीका सहायक निरीक्षक (असई) रविन्द्र कलौनी सशस्त्र प्रहरी बल, नेपालका इन्स्पेक्टर बनेका छन्। बुधबार सार्वजनिक अन्तिम नतिजामा उनले टप–१० भित्र स्थान सुरक्षित गरेका छन्।
लामो समयदेखि सुरक्षासेवा क्षेत्रमा सक्रिय कलौनीले सामाजिक सञ्जालमार्फत लेखेका छन् — “सपनाले न्याय पाएको दिन।”
उनका कान्छा भाई गोविन्द कलौनी पनि नेपाल प्रहरीमै असई पदमा कार्यरत छन्।
दुई भाइले सुरक्षासेवा क्षेत्रमा गरेको योगदानप्रति स्थानीयले गौरवको अनुभूति व्यक्त गरेका छन्।







