ट्रेण्डिङ

ताजा अपडेट

 

काठमाडौं ।
विशेष अदालत काठमाडौंले आफ्नो कार्यालयमा तोडफोड र आगजनी गर्ने व्यक्तिहरूविरुद्ध प्रहरीमा उजुरी दिएको छ। अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार भदौ २४ गतेको ‘जेनजी प्रदर्शन’ का क्रममा आगजनी गर्नेहरूविरुद्ध भिडियो प्रमाणसहित बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गरिएको हो।

अदालतका अनुसार उक्त आगजनीबाट करिब ६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

यसअघि पनि सर्वोच्च अदालत र जिल्ला अदालतले आफ्ना परिसरमा भएका आगजनी घटनासम्बन्धी उजुरी प्रहरीमा दर्ता गराइसकेका छन्।

प्रहरीले हाल जेनजी प्रदर्शनका नाममा हिंसात्मक गतिविधि र सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने व्यक्तिहरूलाई फोटो तथा भिडियो प्रमाणका आधारमा पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech