Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

 

काठमाडौं
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष ट्राफिक चेकिङ अभियानका क्रममा लागुऔषध (ला.प.से.) र मादक पदार्थ (मा.प.से.) सेवन गरी सवारी साधन सञ्चालन गर्ने नौ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी चलाउने ४ जना र मादक पदार्थ सेवन गरी सवारी चलाउने ५ जना चालक पक्राउ परेका हुन्। पक्राउ पर्ने मध्ये २ जना सार्वजनिक यातायातका चालक, २ जना विद्यालयका बस चालक र १ जना माइक्रोबस चालक मादक पदार्थ सेवन गरेर सवारी चलाउँदै गरेका थिए।

त्यस्तै, लागुऔषध सेवन गरेर सवारी सञ्चालन गर्ने ४ जना भाडाका बस चालकहरू समेत पक्राउ परेका छन्।
ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका सबै चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो।

ट्राफिक प्रहरीले नियमित रूपमा उपत्यकाका विभिन्न स्थानहरूमा मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी सञ्चालन गर्ने चालकहरूविरुद्ध विशेष निगरानी राख्दै आएको छ। कार्यालयका अनुसार, यात्रु सुरक्षा र सडक दुर्घटना नियन्त्रणका लागि यस्तो अभियानलाई थप कडाइका साथ निरन्तर सञ्चालन गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech