ट्रेण्डिङ

ताजा अपडेट

माडी – चितवनको माडी नगरपालिकास्थित बघौडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनामा चार जना पक्राउ परेका छन्।

गत बिहीबार राति चार–पाँच जनाको समूहमा आएका युवाहरूले चिकित्सक र स्वास्थ्यकर्मीमाथि अस्पताल परिसरभित्रै मादक पदार्थ सेवन गरी कुटपिट गरेका थिए। घाइतेमा डा.दीपेन्द्र विश्वास, डा.देवेन्द विश्वास, हे.अ. अनुप सुवेदी, र कविराज तिवारी रहेका छन्।

घटनापछि शुक्रबार अस्पतालले इलाका प्रहरी कार्यालय माडीमा निवेदन दिएको थियो। निवेदनका आधारमा प्रहरीले चारजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतम रहेका छन्।

प्रहरीका अनुसार उनीहरूमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech