ट्रेण्डिङ

ताजा अपडेट

कोहलपुर (बाँके), मंसिर २६, २०८२। प्राज्ञिक विद्यार्थी परिषद् नेपाल–कोहलपुर नगर इकाई समितिद्वारा आयोजना गरिएको एकदिवसीय अभ्यास वर्ग हिजो मिति २०८२/०९/२५ गते सफलतापूर्वक सम्पन्न भएको छ। ‘मेरो देश, मेरो जिम्मेवारी’ भन्ने मूल मर्मलाई केन्द्रमा राखेर गरिएको अन्तरक्रिया तथा सांगठिक अभ्यास कार्यक्रममा कोहलपुर नगरभित्रका विभिन्न शिक्षालयका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दान बहादुर हमालले पानसमा बत्ति बालेर कार्यक्रमको विधिवत् उद्घाटन गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथि ज्ञान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टेकबहादुर गुरुङको समेत विशेष उपस्थिति रहेको थियो।

अभ्यास वर्गमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव रमेश कण्डेल प्रमुख प्रशिक्षकका रूपमा उपस्थित थिए। त्यस्तै कर्णाली प्रदेश अध्यक्ष भीम ब. रोकाया, राष्ट्रिय सचिव हरिश बोहरा, केन्द्रीय सदस्य भीम खरेल, जनता रैका, तथा प्रदेश व्यवस्थापन प्रमुख सुमन घिमिरे (Gen-Z) को सक्रिय सहभागिता रहेको थियो।

वक्ताहरूले विद्यार्थीको सामाजिक जिम्मेवारी, नेतृत्व विकास र संगठनात्मक सुदृढिकरणका विषयमा मार्गदर्शन प्रदान गरेका थिए।

कार्यक्रमको अध्यक्षता कोहलपुर नगर इकाई अध्यक्ष बिरङ्गना योगिले गरेका थिए।
कार्यक्रमका क्रममा नव–निर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech