Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

जिल्ला धनुषाको विदेह नगरपालिका–२ स्थित श्री शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरसहित दुई जनाविरुद्ध सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/०७९ मा विद्यालयमा ICT ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/०८० मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत IT ल्याब स्थापना र डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रमका क्रममा गुणस्तरहीन कम्प्युटर खरिद गरी आर्थिक अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार विद्यालयमा सञ्चालन गरिएका प्रविधिमैत्री शैक्षिक कार्यक्रमका नाममा सार्वजनिक बजेट दुरुपयोग गरिएको भन्ने उजुरी परेपछि विस्तृत अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा प्रचलित कानुन, मापदण्ड र प्रक्रियाविपरीत गुणस्तरहीन सामग्री खरिद गरी सरकारी रकम दुरुपयोग गरिएको पुष्टि भएको आयोगको दाबी छ।

अख्तियारले प्रधानाध्यापक ठाकुरसहित संलग्न अन्य व्यक्तिहरूले मिलेमतोमा सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएको ठहर गर्दै उनीहरूबाट बिगो असुलउपर गरी कानुनबमोजिम कैद तथा जरिवानाको मागदाबीसमेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech