ट्रेण्डिङ

ताजा अपडेट

 

काठमाडौं। नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट अखिल (अनेरास्ववियु) का पूर्वमहासचिव नरेश रोकाय सर्वसम्मत केन्द्रीय सदस्यमा चयन भएका छन्। उनी खुल्ला ४० मुनिका युवातर्फबाट सर्वसम्मत रूपमा केन्द्रीय सदस्य बनेका हुन्।

अन्तिम नामावली सार्वजनिक भएसँगै रोकायले आफूलाई न्याय मिलेको प्रतिक्रिया दिएका छन्। उनले भने, “अखिलमा उमेरहदका कारण किनारामा पारिएपछि धेरै शुभेच्छुकहरू निराश भएका थिए। योपटक साथीहरूले ‘यस्ता मान्छे पार्टीलाई चाहिन्छ’ भन्दै सर्वसम्मत गराउनुभयो।”

रोकायले पार्टीले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिँदै सही ढंगले निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

बाजुरा जिल्लाको गौमुल गाउँपालिका–३ मा जन्मिएका रोकायले २०६१ सालदेखि पृथ्वीनारायण क्याम्पस, पोखराबाट होलटाइमर राजनीतिमा सक्रियता सुरु गरेका हुन्। उनले १३ वर्षको उमेरमै २०५६ सालमा बालविकास माध्यमिक विद्यालयमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सचिवको जिम्मेवारी सम्हालेका थिए।

त्यसपछि २०६० सालमा अनेरास्ववियु बाजुरा जिल्ला सदस्य, २०६२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्ववियु सदस्य बनेका रोकाय २०६७ र २०७० सालमा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य भएका थिए। २०७२ सालमा केन्द्रीय सचिवालय सदस्य बनेका उनी २०७५ सालमा केन्द्रीय स्थायी कमिटी सदस्यमा चयन भए।

२०७८ सालमा केन्द्रीय कमिटी उपमहासचिव र २०७९ सालमा केन्द्रीय कमिटी महासचिव बनेका रोकाय २०८२ जेठमा उमेरहदका कारण संगठनबाट बाहिरिएका थिए। लामो समय विद्यार्थी राजनीतिमा सक्रिय भूमिका खेलेका रोकायको केन्द्रीय कमिटीमा प्रवेशलाई एमालेभित्र युवाको प्रतिनिधित्व र संगठनात्मक अनुभवको कदरका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech