Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

०१ पौष २०८२ नेपालगन्ज ; बाँके प्रहरीले ज्यान सम्बन्धी मुद्दामा विगत ११ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जी.सी.को कमाण्डमा निर्देशित विशेष प्रहरी टोलीले लामो समयदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बर्दिया जिल्ला गुलरिया नगरपालिका -१२ लालपुर बस्ने गुलाब भन्ने गुलाम खाँन रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका खाँनमाथि २०७१ चैत २० गते नेपालगन्ज उपमहानगर पालिका -१८ कारकादो बस्ने बर्ष २७ को तिर्थराम यादब लाई कर्तव्य गरि मारेको घटनामा संलग्न रहेको आरोप छ। घटनापछि फरार रहेका उनलाई विभिन्न स्थानमा खोजी कार्य तीव्र पारिएको थियो। शनिबार प्राप्त विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाउँदै बर्दीया जिल्ला गुलरिया नगरपालिका -११ बाट खाँनलाई पक्राउ गरिएको जनाएको छ।
डीएसपी अंगुर जी.सी.ले लामो समयदेखि फरार अभियुक्तलाई पक्राउ गर्नु प्रहरीका लागि महत्वपूर्ण सफलता भएको बताउनु भएको छ । “गम्भीर प्रकृतिका अपराधमा संलग्न व्यक्तिलाई जतिसुकै समय लागे पनि कानुनी दायरामा ल्याउने हाम्रो प्रतिबद्धता हो,” डिएसपी जिसिले भन्नु भयो।
पक्राउ परेका अभियुक्त खाँनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत बाँकेमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यस संगै घटनामा संलग्न अभियुक्त पक्राउ पश्चात् पीडित परिवारलाई न्याय दिलाउने विश्वास बढेको जानकार बताउछन् ।
बाँके प्रहरीले शान्ति सुरक्षा र कानुनी शासन कायम गर्न फरार अभियुक्तको खोजी तथा पक्राउ अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech