Surakshya Rastriya Dainik
शनिबार, १२ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

खजुरा (बाँके) — जानकी गाउँपालिका–४ नहर चोकमा आज बिहान प्रहरीको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये २० वर्षीया मञ्जु धोबीको अवस्था गम्भीर रहेको छ।

नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यानले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा मञ्जु धोबी, सुर्ती धोबी (५५) र चालक गिरबल धोबी (२४) घाइते भएका छन्। उनीहरूको नेपालगन्जस्थित सन्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार मोटरसाइकल चालकसँग लाइसेन्स रहेको र मादक पदार्थ सेवन नगरेको पुष्टि भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech