Surakshya Rastriya Dainik
शुक्रबार, २८ अगस्ट २०२६
ट्रेण्डिङ

०५ पौष २०८२ नेपालगञ्ज ; जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा तथा कोहलपुर डेण्टल अस्पताल, कोहलपुरको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा निशुल्क विशेषज्ञ दन्त सिविर सम्पन्न भएको छ।
प्रहरी कर्मचारी, उनीहरूका परिवारका सदस्य तथा सर्वसाधारण नागरिकलाई लक्षित गर्दै आयोजना गरिएको उक्त दन्त सिविरमा दाँत तथा मुखसम्बन्धी विभिन्न समस्याको परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो। सिविरमा दन्त रोग विशेषज्ञ डाक्टर आस्था ढकाल द्वारा दाँत दुख्ने, किराले खाने, गिजा समस्या, मुखको संक्रमणलगायतका रोगको जाँच गरी आवश्यक परामर्श दिइएको थियो।
सिविरमा सहभागी सेवाग्राहीहरूले निशुल्क रूपमा दन्त परीक्षण, औषधि वितरण तथा मुख स्वास्थ्यसम्बन्धी सचेतनामूलक जानकारी प्राप्त गरेका थिए। दन्त स्वास्थ्यप्रति चासो बढाउने तथा नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे जानकारी गराउने उद्देश्यले सिविर आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
कार्यक्रमका क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसिले कोहलपुर डेण्टल अस्पतालको सक्रिय सहभागिता तथा प्राविधिक सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमले प्रहरी–नागरिक सम्बन्ध सुदृढ गर्न तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने विश्वास लिइएको बताएका थिए ।
त्यस्तै अस्पताल प्रमुख गजेन्द्र बहादुर शाहीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले प्रत्येक बर्ष विभिन्न ग्रामीण क्षेत्रहरू र सुरक्षा संग सम्बन्धित संस्थाहरुमा विशेषज्ञ निशुल्क दन्त सिविर संचालन गर्दै आएको जानकारी गराउदै अस्पताललाई विश्वास गरि दिएकोमा जिल्ला प्रहरी कार्यालय लाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech