Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

 

काठमाडौँ । मिराज ढुङ्गनाको नेतृत्वमा रहेको जेनजी समूहले आयोजना गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै दर्जनौँ जेन्जीहरु लाई पक्राउ गरेको छ।
सोमबार काठमाडौँको माइतीघर मण्डलामा भइरहेको प्रदर्शनका क्रममा प्रधानमन्त्री तथा वर्तमान सरकारविरुद्ध चर्को नाराबाजी भएको हो।

प्रदर्शनकारीहरूलाई तितरवितर पार्ने क्रममा प्रहरीले धरपकडसमेत गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारप्रति असन्तुष्टि जनाउँदै मिराज ढुङ्गना नेतृत्वको समूहले पुनः सडक आन्दोलन थालेको हो। समूहले सरकारले जेनजी आन्दोलनका मागहरूलाई बेवास्ता गरेको आरोप लगाउँदै प्रदर्शन आयोजना गरेको जनाएको छ।
प्रहरीको हस्तक्षेपपछि प्रदर्शन स्थल तनावग्रस्त बनेको थियो। पक्राउ पर्नेहरूमा जेनजी समूहका प्रकाश शर्मा, हरिश भट्टलगायत दर्जनौँ जेन्जी सदस्यहरु रहेको जनाइएको छ।
उता जेनजी समूहले शान्तिपूर्ण प्रदर्शनमा राज्य दमन गरिएको आरोप लगाउँदै पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न माग गरेको छ। सरकारले जनआवाज दबाउने प्रयास गरे आन्दोलन अझ सशक्त बनाइने चेतावनीसमेत समूहले दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech