ट्रेण्डिङ

 

सप्तरी । सप्तरीको बलानबिहुल गाउँपालिकामा नमुना विद्यालय भवन निर्माण कार्यमा सार्वजनिक सम्पत्ति हानी–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन गाउँपालिका अध्यक्ष दयानन्द गोइतसहित ५ जना व्यक्ति र एक निर्माण कम्पनीविरुद्ध आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिति २०८२ साल ०९ महिना ०६ गते सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार बलानबिहुल गाउँपालिकाको मिति २०७८।१२।२९ को आशयपत्रका आधारमा गरिएको ठेक्का नं. BBRM/NCB/NCW-16-78/79 अन्तर्गतको Namuna School Building Works निर्माण कार्यमा अनियमितता भएको पाइएको हो।
आयोगका अनुसार उक्त ठेक्कामा सहभागी श्री ओम गणेशाय कन्स्ट्रक्सन प्रा.लि., डाक्नेश्वरी–०९, सप्तरी ले नक्कली प्रमाणपत्र पेश गरी गाउँपालिकाका सम्बन्धित कर्मचारीहरूसँग मिलेमतोमा गलत ढंगले बोलपत्र मूल्याङ्कन गरिएको थियो। यसरी कानुन विपरीत ठेक्का प्रक्रिया अघि बढाउँदा राज्यलाई आर्थिक हानी–नोक्सानी पुगेको आयोगको ठहर छ।
प्राप्त उजुरीका आधारमा गरिएको विस्तृत अनुसन्धानपछि तत्कालीन अध्यक्ष गोइतसहित संलग्न कर्मचारी र निर्माण कम्पनी उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको कसूरमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए।
उक्त प्रकरणले स्थानीय तहमा हुने सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech