Surakshya Rastriya Dainik
बिहीबार, २७ अगस्ट २०२६
ट्रेण्डिङ

कोहलपुर, बाँके । कोहलपुर महोत्सव २०८२ का नाममा कोहलपुर नगरका दुई मुख्य सडक पूर्ण रूपमा बन्द गरी सार्वजनिक आवागमन अवरुद्ध गरिएकोप्रति स्थानीयवासीले गम्भीर असन्तुष्टि जनाएका छन्।
उद्योग वाणिज्य संघ कोहलपुरको आयोजनामा सञ्चालन भइरहेको उक्त महोत्सवका कारण न्यू रोडदेखि गोलपार्क जाने वन–वे सडक तथा नयाँ बसपार्कदेखि पुरानो बसपार्क जोड्ने मुख्य सडक पूर्ण रूपमा बन्द गरिएको छ। यी सडकहरू दैनिक हजारौँ सर्वसाधारणले प्रयोग गर्ने मुख्य मार्ग हुन्।

विशेष कुरा के छ भने, नयाँ–पुरानो बसपार्क जोड्ने सोही सडकमा इलाका प्रशासन कार्यालय कोहलपुर र कोहलपुर नगरपालिका वडा नं. ११ को कार्यालयसमेत अवस्थित छन्। यति संवेदनशील स्थानको सडक नै बन्द हुँदा पनि सम्बन्धित निकायहरू मौन बसेका छन्।
स्थानीयहरूको गुनासो अनुसार, महोत्सवको नाममा कानुन विपरीत सडक अतिक्रमण गरी स्टलहरू राखिएको छ। सडकको बीचमै स्टल राखिएको दृश्यसमेत देखिएको भन्दै स्थानीयले प्रश्न उठाएका छन्। “के महोत्सव आयोजना गर्न सार्वजनिक सडक नै कब्जा गर्न पाइन्छ ?” भन्ने प्रश्न अहिले सामाजिक सञ्जाल र स्थानीय चोक–चोकमा उठ्न थालेको छ।

K.l dugar group को स्टल , बीच बाटोमा

यस विषयमा कोहलपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय बाँके र इलाका प्रशासन कार्यालय कोहलपुरले कुनै आधिकारिक धारणा सार्वजनिक नगर्नु झनै रहस्यमय बनेको स्थानीयको भनाइ छ।
अझ आश्चर्यजनक त के भने,  प्रेस स्वतन्त्रताको जिम्मेवारी बोकेको संस्थाको मौनताले प्रश्न उठाएको छ— “सार्वजनिक सरोकारको विषयमा पत्रकारिता किन मौन ?” न्यु रोड देखी गोलपार्क जाने मुख्य (one way) रोड

स्थानीयवासीहरू भन्छन्,
“महोत्सव विकासका लागि हुनुपर्छ, तर जनताको दैनिकी र कानुन मिचेर होइन।”
सार्वजनिक सडक अतिक्रमण, ट्राफिक व्यवस्थापनको पूर्ण अभाव र प्रशासनिक निकायहरूको मौनताले ‘महोत्सव कि दादागिरी ?’ भन्ने गम्भीर प्रश्न खडा भएको छ।
अब प्रश्न उठ्छ—
के कोहलपुरमा कानुन सबैका लागि बराबर छैन ?
कि महोत्सवको नाममा जे गरे पनि छुट छ ?
यस विषयमा सम्बन्धित निकायले तत्काल स्पष्ट जवाफ दिनुपर्ने माग स्थानीयवासीले गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech