Surakshya Rastriya Dainik
शुक्रबार, २८ अगस्ट २०२६
ट्रेण्डिङ

काठमाडौँ — नेकपा एमाले कर्णाली प्रदेशका नेता नन्दसिंह बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। ‘नक्कली विद्यालय’ खडा गरी राज्यको रकम हिनामिना गरेको अभियोगमा विशेष अदालत काठमाडौँले उनलाई दोषी ठहर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार १९ गते बुढासहित तत्कालीन डोल्पा जिल्ला प्राविधिक कार्यालयका प्रमुख रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी र कोषाध्यक्ष संगीता बुढाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले उनीहरूविरुद्ध ७ लाख ६० हजार रुपैयाँ बिगो कायम गरेको थियो।
बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले संक्षिप्त फैसला सुनाउँदै नन्दसिंह बुढा र संगीता बुढालाई दोषी ठहर गरेको हो। अदालतले दुवैलाई जनही १ लाख ९० हजार रुपैयाँ जरिवाना र साढे १ वर्ष कैद सजाय तोकेको छ।
यसै प्रकरणमा अन्य प्रतिवादी रविचन्द्र पजियार र मनिराम कुर्मीको हकमा भने अदालतले थप निर्णय सुनाउने जनाएको छ।
नन्दसिंह बुढा पछिल्लो समय डोल्पाबाट नेकपा एमालेको ११औँ महाधिवेशनका प्रतिनिधि समेत बनेका थिए। अदालतको फैसलापछि उनको राजनीतिक हैसियत र भविष्यलाई लिएर समेत प्रश्न उठेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech