Surakshya Rastriya Dainik
आइतबार, २६ जुलाई २०२६
ट्रेण्डिङ

 

काठमाडौँ — नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १० दिने अल्टिमेटम दिएको छ।
पार्टीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै वर्तमान राजनीतिक व्यवस्थाले जनभावना सम्बोधन गर्न नसकेको आरोप लगाएको हो। ज्ञापनपत्रमा विशेष परिस्थितिमा प्रयोग गरिने ‘आवश्यकताको सिद्धान्त’ अवलम्बन गर्दै संविधान संशोधन गर्नुपर्ने मागसमेत समेटिएको छ।
नेकपा माओवादीले विशेषगरी जेन–जी पुस्ताको बढ्दो असन्तुष्टि, जनआवाज तथा अग्रगामी राजनीतिक प्रस्तावलाई समयमै सम्बोधन नगरे मुलुकको अवस्था पुनः अस्थिर र विस्फोटक बन्न सक्ने चेतावनी दिएको छ।
पार्टीका अनुसार वर्तमान अन्तरिम सरकारबाट राजनीतिक निकास सम्भव नभइसकेको भन्दै सबै राजनीतिक शक्ति र सरोकारवालाको सहभागितामा सर्वपक्षीय सरकार गठन अपरिहार्य भइसकेको छ।
माओवादीले आफ्ना मागहरू सम्बोधन भएमा मात्र देशलाई शान्ति, स्थिरता र लोकतान्त्रिक निर्वाचनको दिशातर्फ लैजान सकिने दाबी गरेको छ। अन्यथा आन्दोलनका कार्यक्रम अघि बढाउने संकेत पनि पार्टीले दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech