Surakshya Rastriya Dainik
शुक्रबार, २८ अगस्ट २०२६
ट्रेण्डिङ

काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो पार्टीलाई निर्वाचनभन्दा युद्धतर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले कपिलवस्तु र अर्घाखाँचीमा सञ्चालनमा रहेका पार्टीका श्रम शिविर तथा केन्द्रीय कम्युनमा प्रहरीले गरेको अपरेसनप्रति कडा आपत्ति जनाए। उनले ती अपरेसन तत्काल बन्द नगरे र प्रहरी फिर्ता नबोलाए सरकारविरुद्ध कडा संघर्षमा उत्रिने चेतावनीसमेत दिए।
विप्लवले आक्रोशित हुँदै भने,
“हाम्रो केन्द्रीय कम्युनमा प्रहरी अपरेसन भयो। हामी यहीँबाट सुशीलालाई चेतावनी दिन चाहन्छौँ—तिमी चुनाव चाहन्छौ कि युद्ध?”
उनले आफूहरू कानुनी प्रक्रिया पूरा गरेर शान्तिपूर्ण रूपमा निर्वाचनमा जान खोजिरहेको अवस्थामा राज्यले दमनको नीति अपनाएको आरोप लगाए। प्रहरी अपरेसन गलत भएको स्वीकार गर्दै माफी नमागे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने उनको चेतावनी थियो।
“हाम्रो इमान्दारिता, स्वाभिमान र साम्राज्यवादविरुद्धको संघर्षलाई गलत ढंगले बुझेर यदि हिजो रोल्पामा गरिएको रोमियो अपरेसनजस्तै अर्को परिकल्पना गरिएको हो भने त्यसको परिणाम गम्भीर हुनेछ,” उनले थपे।
यसैबीच, नेकपा (माओवादी) का प्रवक्ता खडगबहादुर विश्वकर्माले पनि प्रहरीको गतिविधिले देशलाई अशान्तितर्फ धकेल्ने खतरा रहेको बताएका छन्। उनका अनुसार अर्घाखाँचीको सितगङ्गा–११ मा अवस्थित पार्टी कम्युन र सर्वसाधारणका घरमा प्रहरीले छापा मारेको थियो, जसका कारण स्थानीय स्तरमा आतंक फैलिएको छ।
विश्वकर्माले भने,
“एकातिर सरकारले शान्तिपूर्ण चुनावको वातावरण बनाउने कुरा गर्छ, अर्कोतिर माओवादीका उत्पादन केन्द्र र सर्वसाधारणका घरमा छापा मारिन्छ। यसले राज्य शान्तिपूर्ण निकास चाहँदैन भन्ने स्पष्ट देखिन्छ।”
उनले प्रहरीको छापामारी र दमनबारे निष्पक्ष छानबिन गर्न मानवअधिकारकर्मीहरूलाई आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech