१३ पौष २०८२ कोहलपुर ;- कडा मेहनत, निरन्तरता र इमान्दारिताले जे पनि सम्भव हुन्छ भन्ने उदाहरण बनेका छन् मुगुका पूर्ण प्रसाद जैसी। सामान्य परिवारमा जन्मिएर जीवनका थुप्रै चुनौती पार गर्दै उनले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट सन् २०२६ का लागि MDRT (Million Dollar Round Table) बन्न सफल भएका छन्। यो उपलब्धि केवल व्यक्तिगत सफलता मात्र होइन, मुगुजस्ता दुर्गम जिल्लाका युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।
पूर्ण प्रसाद जैसीको जीवनशैली सरल, अनुशासित र लक्ष्यकेन्द्रित छ। बिहान सबेरै उठेर दिनको योजना बनाउने, ग्राहकसँग पारदर्शी व्यवहार गर्ने र बीमाको महत्व समाजसम्म पुर्याउने उनको दैनिक अभ्यास नै सफलताको आधार बनेको छ। उनले बीमालाई केवल व्यवसायको रूपमा नभई परिवारको भविष्य सुरक्षित गर्ने माध्यमका रूपमा बुझाउँदै आएका छन्।
सामान्य आर्थिक पृष्ठभूमिबाट आएका जैसीले सुरुआती दिनमा थुप्रै असफलता र अस्वीकृतिहरू सामना गर्नुपर्यो। तर उनले हार मानेनन्। निरन्तर सिकाइ, आत्मविश्वास र परिश्रमले उनलाई क्रमशः सफलताको शिखरतर्फ डोर्यायो। ग्राहकको विश्वास जित्नु नै आफ्नो सबैभन्दा ठूलो पूँजी भएको उनी बताउँछन्।
MDRT जस्तो अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित उपलब्धि हासिल गर्नु सजिलो कुरा होइन। यसका लागि उच्च व्यावसायिक आचरण, उत्कृष्ट सेवा र उल्लेखनीय व्यवसायिक नतिजा आवश्यक पर्छ। पूर्ण प्रसाद जैसीले यी सबै मापदण्ड पूरा गर्दै सन् २०२६ का लागि MDRT बन्ने अवसर प्राप्त गरेका हुन्।
उनको यो सफलताले मुगु मात्र होइन, सम्पूर्ण कर्णाली प्रदेशका बीमा अभिकर्ता तथा युवाहरूलाई नयाँ ऊर्जा र आत्मविश्वास दिएको छ। “सपना ठूलो हुनुपर्छ, सुरुआत सानो भए पनि निरन्तर प्रयास गरे सफल भइन्छ,” भन्ने सन्देश उनी आफ्नो यात्रामार्फत दिन चाहन्छन्।
पूर्ण प्रसाद जैसीको कथा मेहनत, धैर्य र सकारात्मक सोचको जीवित उदाहरण हो।







