ट्रेण्डिङ

ताजा अपडेट

 

१३ पौष २०८२ बाँके ;- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालले आइतबार बाँके जिल्ला कार्यसमितिको पुनर्गठन सम्पन्न गरेको छ।
भेरी अञ्चल संयोजक श्री शाहदत अली गद्दीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सूचना तथा सञ्चार विभागका प्रवक्ता भेरी ऋषि राज पन्त, बर्दिया जिल्ला समिति कोषाध्यक्ष तथा मधुवन नगर संयोजक विजय परियार, ऋणि एसोसिएसन बर्दिया संयोजक कृष्ण परियार लगायतको उपस्थितिमा जिल्ला कार्यसमिति पुनर्गठन गरिएको हो।
पुनर्गठित जिल्ला कार्यसमितिमा जिल्ला संयोजकमा लाल बहादुर शाह, महिला जिल्ला संयोजकमा अमृता कार्की तथा नागरिक प्रतिरक्षबल जिल्ला समिति संयोजकमा गौरव रावल चयन भएका छन।
कार्यक्रममा पुनर्गठित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै, सबै प्रकारका पीडित नागरिकहरूलाई आफ्नो समस्या राख्न र सहजीकरणका लागि नेपालगन्ज उपमहानगरपालिका -१८ कारकाँदो स्थित भुजई गाउँमा रहेको सम्पर्क कार्यालयमा सम्पर्क गर्न भेरी अञ्चल समितिले अनुरोध, आग्रह तथा अपिल गरिएको भेरि अञ्चल सूचना तथा सञ्चार विभाग प्रवक्ता  ऋषि राज पन्तले दिएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech